उदयपुरकाे त्रियुगा १० मा नेकपा एमालेका अध्यक्ष गाेलाप्रथाबाट विजयी

उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे निर्वाचित भएका छन् । 

उनी र नेपाली कांग्रेसका प्रकाश खड्काकाे बराबर मत १ हजार ५३ आएपछि गाेलाप्रथाबाट उनी निर्वाचित भएका हुन् । 

बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार विजयी भए पनि वडाध्यक्षमा बराबर मत आएको थियो । त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १५:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया