फ्लेक्सजस्तै बेरेर राख्न मिल्ने टिभी यो वर्षदेखि बजारमा आउने

एजेन्सी– अमेरिकाको लस भेगासमा विश्वकै सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स सो (सिइएस) सुरुवात भएको छ । यही सोमा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले विश्वकै पहिलो बेरेर राख्न मिल्ने टिभी प्रदर्शनीमा राखेको छ । एलजीले यो टिभीलाई ओएलइडी टिभी आर सिरिजका रुपमा प्रस्तुत गरेको हो ।

एलजीका अनुसार यो टिभीलाई तीन विभिन्न मोडमा प्रयोग गर्न सकिनेछ । एलजीले बजारमा यही वर्षदेखि यो टिभीको विक्री गर्ने पनि बताएको छ । तर, उसले यसको मूल्य कति पर्न सक्छ भन्नेबारे केही पनि बताएको छैन ।

६५ इन्चको यो टिभीलाई प्रयोगकर्ताले चाहँदा हेर्न र राख्नु पर्दा पट्याएर राख्न सकिन्छ । यसको प्रयोगमा हुनसक्ने तीन मोड भनेका फुल भ्यू, लाइन भ्यू र जिरो भ्यू हुन् । जिरो भ्यूमा टिभीले स्पिकरको मात्र काम गर्ने एलजीले जनाएको छ । अब प्रयोगकर्ताले ठूलो टिभी राखेर आफ्नो कोठालाई अनावश्यक नराम्रो देखाउन नचाहने भएकाले यो टिभीको विकास गरेको एलजीले बताएको छ ।





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार ११:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया