नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ ।
सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
दुवै हिमालमा गरी १६ हजार ७ सय २१ किलो फोहोर यो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरुका प्रतिनिधिको रोहबरमा अभ्नीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
सफा हिमाल अभियानअन्तर्गत कञ्चनजंघामा १२ हजार ३५६ र मनास्लुमा ४ हजार ३६५ केजी नकुहिने फोहर संकलन गरिएको सेनाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।