डा. केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

काठमाडौं– नेपाली कांग्रेसका सांसदहरुको विरोधबीच चिकित्सा शिक्षा विधेयक संसद्मा बहुमतले पारित भएको छ । नेपाली कांग्रेसका नेताहरुले विधेयक पारित भएलगत्तै सरकारले ठूलो धोका दिएको प्रतिक्रिया दिएका छन् ।

डा. गोविन्द केसी चाहिँ यही विधेयक आफूसँग भएको सम्झौता विपरित भन्दै इलाममा अनशन बस्ने तयारीमा छन् । उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय लिँदा आफ्ना माग सम्बोधन होलान् भन्ने आशामा डा. केसी थिए । तर, सत्तारुढ दलका सांसदहरुले बहुमत पुर्र्याएर विधेयक पारित गरे ।

विधेयक पारित भएकोमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । समितिले गरेको यो निर्णय धोका भएको नेपाली कांग्रेसका सांसदहरुले प्रतिक्रिया दिन थालेका छन् ।

यो विधेयक पारित भएपछि डा. केसी अनशन बस्ने निश्चित प्रायः छ । उनी अनशन बस्नका लागि इलाम पुगिसकेका छन् ।





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार ११:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया