सुरक्षा पन्त अभिनीत म्युजिकल सर्ट मुभी 'गन्तव्य' सार्वजनिक

नायिका सुरक्षा पन्त अभिनित गीत गन्तव्य सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक आरके खत्रीको स्वरमा रहेको गीत गन्तव्यको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा नायिका सुरक्षा पन्त र मोडल निराजन प्रधानको अभिनय रहेको छ । त्यस्त,ै गीतको सम्पादन हरि हुमागार्ईंले गरेका छन् भने द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । 

गीतको संगीत रोमन देवन र सूर्य अधिकारीले भरेका छन् । कार्यक्रममा नायिका सुरक्षा पन्तले गीतमा आफूले नयाँ किसिमको अभिनय सिक्न पाएको बताइन् । त्यस्तै मोडल प्रधानले भिडियोमा महिलालाई बलियो बनाउने कुराहरुरु रहेको बताए । 

गीतको म्युजिक भिडियो सर्ट फिल्मको कथा वस्तुलाई समेत समेटेर बनाइएको छ । त्यस्तै गीतमा सूर्य अधिकारीको स्वरमा र्याप पनि रहेको छ । गीतलाई देवन प्रोडक्सनले निर्माण गरेको हो । 

<





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार २१:५७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया