तीन वायुको प्रभाव कायमै : काठमाडौंसहित आज देशभर वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको हो । 

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार बाँकी प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । 

राति प्रदेश–१, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।  





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ६:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया