‘कबड्डी ४’ बन्द माग गर्दै नायिकाविरुद्ध प्रदर्शन, पोस्टर जलाइयो
तस्बिर सौजन्य : अञ्जना केसी

प्रदर्शनरत नेपाली चलचित्र  ‘कबड्डी ४’ नायिकाविरुद्ध प्रदर्शन गरिएको छ । मंगलबार काठमाडौंका केही फिल्म हल अगाडि ‘कबड्डी ४’को प्रदर्शन रोक्न माग गर्दै नायिकाविरुद्ध प्रदर्शन गरिएको हो । 

‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै चुच्चेपाटीको केएल टावर अगाडि फिल्मको पोष्टरसमेत जलाइएको छ ।

नायिका मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । 

प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । 






  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १२:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया