पुटिननिकट टेलिभिजन प्रस्तोता भन्छन्– रुसले अब बेलायतमा हमला गर्नुपर्छ

युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन प्रस्तोता ​भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । उनले मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने बताए । 

दी इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे । रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभमा उनले रुसी हमला  स्टोनहेन्जभन्दा टाढासम्म पुग्नुपर्ने बताए । 

युक्रेनी राजनीतिक विश्लेषक भासिल भाकारोभकले रुस आक्रमणका लागि कति टाढा जान इच्छुक छ भनि सोधेको प्रश्नमा सोलोभियोभले भने, ‘ठीक छ, जब हामी चाहन्छौँ तब जान्छौँ ।’

‘हामी कहाँ रोकिने ? ठिक छ, मैले आज भनेको थिएँ । हुनसक्छ स्टोनहेन्ज । लिज ट्रस भन्छिन् कि उनी युद्ध लड्ने व्यक्ति हुन्’, सोलोभियोभलाई उद्धृत गर्दै  इन्डिपेन्डेन्टले अगाडि लेखेको छ । 

पुटिनले युक्रेनको राजधानी किभमा हमला गर्नुपर्ने पनि सोलोभियोभले बताए । बेलायतका विदेशमन्त्री लिज ट्रसले पुटिनसँग सम्झौता गर्न नचाहेको भन्दै रुसी सञ्चारमाध्यमले उनको आलोचना गर्दै आएका छन् ।

गत महिना जर्मनीमा आयोजित बैठकमा विदेशमन्त्री ट्रसले जी–७ र नेटो नेताहरूलाई पुटिनले ‘विश्व मञ्चमा आफूलाई अपमानित गरिरहेको’ आरोप लगाएकी थिइन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १२:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया