सल्टियो मिरुना र फुर्बाबीचको विवाद, दुवैले गरे क्षमायाचना

दुर्व्यवहार गरेको आरोप खेपेका बौद्ध भिक्षु फुर्वा लामा र चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुना मगरबीच सहमति भएको छ ।

'ब्याड टच' विवादमा अभिनेत्री मगर र आरोपित लामाबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा पूर्वाले गल्ती स्वीकार गरेर अभिनेत्री समक्ष माफी मागेको र अभिनेत्री मगर भाइ सम्झेर माफी गरिदिएको उल्लेख छ ।

'अभिनेत्री मगरले कुनै जाति, धर्म सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै पनि कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्,' सहमति पत्रमा उल्लेख छ ।

सहमति पत्रमा अभिनेत्री मगरका तर्फबाट अभिनेता दयाहाङ राई, फिल्म निर्देशक रामबाबु गुरुङ लगायत साक्षी बसेका छन् भने लामाका तर्फबाट खोन्पे कमल भण्डारी मिङ्ग्युर तामाङलगायत साक्षी छन् ।

 'ब्याड टच' विवादमा पक्राउ परेका लामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि आज दिउँसो रिहा भएका थिए । आफूमाथि ब्याड टच गरेको भन्दै ​मिरुनाले लामालाई आइतबार प्रहरीको जिम्मा लगाएकी थिइन् । 

अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । उक्त घटनापछि लामाको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको थियो । 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १९:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया