कन्सर्ट गर्दागर्दै भारतीय चर्चित गायक केकेको निधन

भारतका चर्चित गायक केकेको कोलकातामा एक कन्सर्ट गर्दागर्दै निधन भएको छ । मन्चमा गीत गाउँदागाउँदै उनलाई हृदयघात भएको थियो । हृदयघात भए पछि उनलाई तत्काल सिएमआरआइ अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सेलेब्रिटीहरुले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

चर्चित गायक केके कोलकाताको नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा प्रस्तुति दिइरहेका थिए । त्यति नै बेला उनको स्वास्थ्यमा समस्या देखियो । तत्काल उनलाई त्यहाँबाट अस्पताल पुर्याइएको थियो । त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषणा गरे ।

भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उनलाई हृदयघात भएको हो । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन ।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले सोमबार पनि एक कार्यक्रम गरेका थिए । 

केकेको पूरा नाम कृष्ण कुमार कुन्नथ हो । उनी ५३ वर्षका थिए । हिन्दीमा २ सयभन्दा धेरै गीत गाएका थिए । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ०:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया