देवेन्द्र दाहालको आरोप : बजेट कार्यकर्ता वितरणमुखी आयो

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाएका छन् ।

जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले प्रस्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्रजस्तै भएको बताए । 

सदस्य दाहालले मुलुक भयानक आर्थिक संकटमा भएको तर सरकारले संकटलाई नदेखेको जस्तो गरेको बताए । उनले बजेटमा विश्वसनीय श्रोतको व्यवस्था नभएको जिकिर गरे ।

‘यो बजेट गठबन्धनको चुनावी घोषणापत्रजस्तै छ । मुलुक भयानक आर्थिक संकटमा छ तर यसले देखेको नदेख्यै गरेको छ । बजेटअनुसार को विश्वसनीय स्रोत व्यवस्था गरिएको छैन । यो बजेटले सामान्यतः अर्थ शास्त्रीय र अर्थ राजनीतिको दृष्टिकोणबाट हेर्दा पनि नेपाली जनतालाई मनोरञ्जन मात्रै दिन्छ । यो जन वितरणमुखी होइन, कार्यकर्ता वितरणमुखी हो,’ उनले भने ।

उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अहिलेको आर्थिक समस्यालाई समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गरे ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १४:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया