प्रचण्डको चेतावनी : कांग्रेसलाई पनि एमालेलाई जस्तो ठेगाना लगाउन नपरोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसमा अहंकार बढे नेकपा एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा एमालेमा अहंकार बढ्दा आफूहरूले ठेगाना लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगाना लगाइदिने बताएका हुन् ।

उनले एमालेसँग गठबन्धन गर्दा र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेको तर एमालेको लिडरसिपमा अहंकार आएपछि ठेगाना लगाएको बताए । उनले अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको उल्लेख गर्दै त्यस्तो भए ठेगाना लगाइदिने चेतावनी दिए ।

'हामीले प्रधानमन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर, हामी चिन्तित छौँ । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगाना लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस्,’ उनले भने ।

बृहत्तर हितका लागि अझै पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ । उनले स्थानीय निर्वाचनमा गठबन्धन इमानदार नभएको असन्तुष्टि जनाए । यसबाट पाठ सिकेर आउँदो चुनावमा पनि गठबन्धनमा थप सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

'हामीले आफ्नो पार्टीभन्दा धेरै ठाँउमा गठबन्धनमा भरोसा गर्‍यौँ, त्यो गर्दा हामीले धेरै ठाउँमा गुमायौँ । अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ,' उनले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै भने ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १५:४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया