नेप्से ७ अंकले ओरालो


नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालो लागेको छ । नेप्सेमा बुधबार ७.१९ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अंकमा पुगेको छ ।

नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन् । 

नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा  कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैयाँ र मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाँले बढेर ५२८ रुपैया पुगेको छ । 

त्यस्तै, नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाँले घटेर ९२४ रुपैयाँ पुगेको छ ।  सेयर बजारमा डेभलमेण्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालो लागेको छ ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया