बजेटबारे अर्थविद्हरूको धारणा : कार्यान्वयन गर्न कठिन छ

अर्थविद्हरूले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै अर्थविद्हरूले बजेट कार्यान्वयनका लागि स्रोत अभाव हुने औँल्याएका हुन् ।

अर्थविद्हरू प्राध्यापक डा. विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका हुन् । 

बजेट कार्यान्वयनका लागि स्रोतको  सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलि नसकेको अर्थविद् प्याकुरेलले बताए । 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले दलहरूले आफ्नो पपुलारिटीका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए । 

अर्थविद् प्याकुरेलले भने, ‘यो बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चितता पनि छैन । काम गर्ने तौरतरिका पनि हाम्रो मिलिसकेको छैन ।’



१८ खर्ब यो बजेट कार्यान्वयनका लागि केही पनि नभएको अर्का अर्थविद् डा. नेपालले बताए । उनले बजेट महत्वाकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए । 

अर्थविद् नेपाल भने, ‘१८ खर्ब यो बजेट कार्यान्वयनका लागि केही पनि होइन । यो बजेटमा देखाइएका जति पनि विषयहरू छन, १८ खर्बले काम लाग्दैन । यो कार्यान्वयन हुने देखिँदैन । बजेट महत्वाकांक्षी छ । रकम अत्यन्तै न्यून छ ।’



अर्थविद् डा. पाण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवर्द्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आए पनि त्यसको 'वे आउट' नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

पाण्डेले भने, ‘स्वदेशी बस्तु र आत्मनिर्भर अर्थतन्त्रको विषयलाई खुला नराखौँ है । कुन सेक्टरमा कसरी हुन्छ ? भन्ने कुरालाई चाहिँ डिफाइन हुनुपर्‍यो । यसको वे निर्धारण गरेर जाँदा मात्रै स्वदेशी बस्तुको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।’

अर्थविद् पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरूको उल्लेख नगरिएको समेत बताए ।

  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १९:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया