गोपाल योञ्जनको गीत दुरुपयोग गरेको भन्दै छोरी सिर्जनाले दिइन् सञ्चार मन्त्रालयमा उजुरी

सदाबहार गायक गोपाल योञ्जनको गीत दुरुपयोग गरेको भन्दै उनकी छोरी सिर्जना सिंह योञ्जनले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिएकी छन् । 

उनले गत जेठ १६ गते चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार र उनका फोटोग्राफर श्रीमान् विकास रौनियारविरुद्ध उजुरी गरेकी हुन् ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सर्जक बितेको ५० वर्षसम्म उसको आधिकारिक हकवालासँग प्रतिलिपि अधिकार हुन्छ । आफ्नो परिवारको अनुमतिविना नै योञ्जनका गीतको व्यावसायिक प्रयोग गरिएको सिर्जनाको आरोप छ । 

सिर्जनाले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सम्झना उप्रेती रौनियारको नाम प्रस्तावित भएको भन्दैै उनी सो पदका लागि अयोग् हुने दाबीसमेत गरेकी छिन् । 

योञ्जनको देहावसानपछि उनका गीत, संगीतको प्रतिलिपि अधिकार श्रीमती रेन्छिन योन्जनसँग सुरक्षित रहेको भन्दै सिर्जनाले सोही अधिकार प्रयोग गरेर योञ्जनका सिर्जनाको संरक्षण परिवारले नै मिलाउँदै आएको बताएकी छिन् । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार २२:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया