पोखरीमा डुबेर बारामा दुई बालकको मृत्यु

बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा नुहाउन गएका जिल्लाको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । 

बुधबार कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने मजबुलाह अन्सारीको छोरा ९ वर्षीय यस्तफा अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए ।

घरबाट करिब ४/५ जना साथीहरूसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए ।  बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, कोल्हबी नगरपालिका–११ बेलावा टोल बस्ने वीरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ । 

घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

उनको मृत्‍युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा  प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।  





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार ९:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया