भारतीय कारको ठक्करबाट चितवनमा युवकको मृत्यु

पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । 

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा छन् । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १०:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया