तारा विमान दुर्घटनामा ज्यान गुमाएका धनुषाका सात जनाको स्वयम्भूमा अन्त्येष्टि [फोटो फिचर]

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तलाई बुझाइएको छ । पोखराबाट जोमसोमको लागि उडेको ताराको जहाज आइतबार बिहान मुस्ताङको थसाङ-२ स्थित कोवाङनजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको हो । 

दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जसमध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात थिए । विमानमा दुर्घटनामा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो । उनीहरूको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ ।  तस्विरहरू :





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १४:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया