रवि ओड र बेनिशा पौडेलको ‘सुन माया’ सार्वजनिक

गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । 

गरिमा फिल्मले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । भिडियोमा कलाकारहरु शुभम् ​आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ । उनीहरुबीचको टिनएज प्रेमलाई भिडियोमा देखाइएको छ । 

भिडियोलाई नवराज उप्रेतीले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् । कार्यक्रममा बोल्दै गायक रवि ओडले गीत संगीतलाई माया गर्न दर्शक–श्रोतालाई अनुरोध गरे । गीतमा नयाँ बालकलाकार रहेकोले भिडियो पनि उत्कृष्ट बनेको उनले बताए । त्यस्तै, गायिका पौडेलले गीतसँगै भिडियो पनि उत्कृष्ट रहेको बताइन् ।

त्यस्तै, कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए ।

उनले भने, ‘प्रायः म्युजिक भिडियोमा उमेर पुगेका कलाकारले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा–युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौँ । भिडियोले गीतलाई न्याय गरेको छ ।’

त्यस्तै, निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा–युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए ।



उनले भने, ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा–युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले शुभम् र योगिशालाई छनोट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो ।’

निर्देशक पाण्डेले आफ्ना हरेक भिडियोमा केही न केही नयाँपन देखाउने गरेका छन् ।



  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १८:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया