यस्तो अवस्थामा छ हेटौँडा कपडा उद्योग, पाउला त पुनर्जीवन ?

सरकारले दुई दशकदेखि बन्द भएको हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत उक्त उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने बताएपछि अहिले बन्द रहेको कपडा उद्योगको चर्चा चल्न थालेको छ ।

चीनको सहयोगमा २०३२ सालबाट निर्माण सुरु भएको उद्योग २०३५ सालबाट सञ्चालनमा आएको थियो । कुनै समय नेपालभर लोकप्रिय बनेको हेटौंडा कपडा उद्योग राजनीतिक खिचातानीका कारण दुई दशकभन्दा लामो समयदेखि बन्द छ ।

कपडा उत्पादनको नेपाली औद्योगिक बजारमा कुनै बेला नाम कहलिएको हेटौँडा कपडा उद्योगका मेसिनहरू खिया लागेर थन्किएका छन् । धागो मेसिनमै कुहिएको अवस्थामा छ भने अन्य सामान पनि यत्रतत्र छरिएको छ ।

चीन सरकारको लगानी र नेपाल सरकारको स्वामित्वमा सञ्चालन भएको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि पूर्णरूपमा बन्द भएको हो । १७ करोड लागतमा हेटौंडाको औद्योगिक क्षेत्रमा २४३ रोपनी जग्गामा फैलिएर बनेको हेटौँडा कपडा उद्योग अहिले बेवारिसे अवस्था छ । अब यसलाई ब्यूँताए पुनः सञ्चालनमा ल्याइने सरकारको लक्ष्य पूरा होला नहोला त्यो भने हेर्न बाँकी नै छ ।



उद्योग बन्द हुनुको कारण

उद्योगले वार्षिक कोरा कपडा १ सय १० लाख मिटर, २ सय ५० टन सुती कपडा र सोही परिमाणमा बुट्टेदार र सेता कपडा उत्पादन गर्ने गरेको थियो । उद्योगले उत्पादन गर्ने कपडा राम्रो र गुणस्तरीय हुनुका साथै नेपालमै उत्पादन भएकाले निकै लोकप्रिय थियो ।



तर, सरकारी स्वामित्वमा रहेको उद्योगमा विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै जाँदा नेपाललाई कपडा उत्पादनमा पूर्ण आत्मनिर्भर बनाउने लयमा दौडिरहेको उद्योग बन्द नै हुन पुग्यो । उद्योग दक्ष कर्मचारीभन्दा पनि राजनीतिक दलका कार्यकर्ता भर्तीस्थल बन्दै गएपछि बन्द हुन पुगेको थियो ।

हेर्नुस् हेटौँडा कपडा उद्योगको वर्तमान तस्वीर

 

  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार २०:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया