आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँ घटायो
फाइल तस्वीर

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १०/१० रुपैयाँ घटाएको हो ।  

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले इन्धनको रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे १७० र डिजल/मट्टितेल लिटरकाे १५३ रुपैयाँमा झरेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार २०:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया