बाराको सिमरा विमानस्थलबाट यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ ।
विमानस्थलमा पिचिङ र कालोपत्रेको काम गर्नुपर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए ।
भट्टका अनुसार २० दिनभित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।