म्युजिक नेपालको युट्युब ह्याकरको कब्जामा

नेपालमा सबैभन्दा धेरै फलोअर्स र सब्सक्राइबर्स भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । यो च्यानल दुई साताअघिदेखि ह्याक भएको हुनसक्ने अनुमान गरिएको छ ।

६९ लाखभन्दा बढी सब्साक्राइबर्स भएको च्यानललाई कब्जामा लिएर ह्याकरले नाम दिएका छन्– टेस्ला लाइभ । 

टेस्ला कार निर्माता कम्पनी हो । यो विश्वका सबैभन्दा धनी एलन मस्कको कम्पनी हो । 

म्युजिक नेपालले च्यानल आफ्नो नियन्त्रणमा आइसकेको बताए पनि यसको नाम अझै परिवर्तन भएको छैन । ह्याकरले म्युजिक नेपालका अपलोडहरुलाई केही गरेको देखिँदैन ।





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ३:५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया