यातायात व्यवस्था विभागको अनुरोध : १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नू

बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी २ प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ ।

सरकारले बागमती र गण्डकीका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा  राजपत्रमा सूचना प्रकाशन गरेको थियो । तर, इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ । 

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित गुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानुन कार्यान्वयनमा नआएको हो । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ८:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया