अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेशपछि सामाजिक सञ्जालमा थप सक्रिय छिन् । नयाँ शक्तिमा रहँदा खासै सक्रिय नदेखिएकी उनी एमाले प्रवेशपछि भने सामाजिक सञ्जालमा विभिन्न विषयमा टिप्पणी लेख्न थालेकी हुन् ।
करिश्माले समसामयिक विषयवस्तुमाथि स्टाटस लेख्दै आएकी छन् । धेरैले उनका टिप्पणीलाई ‘मजाक’को रूपमा पनि लिन्छन् । तर, करिश्माले लेख्न छाडेकी छैनन् ।
उनले आज बिहान फेरि एउटा स्टाटस लेखेकी छन्, ‘सही, गलत छुट्याउन असक्षम हुनु पनि कुनै पनि प्रणालीको दास हुनु जस्तै हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।