घट्यो सार्वजनिक सवारीसाधनको भाडा [सूचीसहित]

पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णयसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । 

इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ अर्थात ६.१३ प्रतिशत घटेको थियो । 

जस अनुरूप अब यात्रुवाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालवाहकमा २.९ प्रतिशत घटेको यातायात व्यवस्था विभागले जनाएको छ ।

एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्ने विभागले जनाएको छ ।

यस्तो छ सवारीसाधनको नयाँ भाडादर : 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १३:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया