नीता-हरिहरको ‘ह्रस्व-दीर्घ’ रामोजी फिल्म सिटीमा खिचिने

अभिनेत्री नीता ढुंगानाको कम्पनी नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ । 

निर्मात्री तथा फिल्मकी प्रमुख अभिनेत्री नीताका अनुसार हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको छ । रामोजी फिल्म सिटीलाई संसारकै सर्वाधिक ठूलो फिल्म सिटीको रुपमा चिनिन्छ । यो फिल्म सिटीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम दर्ता गराइसकेको छ ।

बलिउड तथा दक्षिण भारतीय फिल्महरु छायांकन हुने रामोजी फिल्म सिटीमा पहिलोपटक नेपाली फिल्म छायांकन हुन लागेको हो । नीता र हरिहरको प्रमुख भूमिका रहने फिल्ममा केही भारतीय कलाकारको पनि अभिनय रहनेछ ।

फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरु अभिनयमा रहनेछन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनीले आफ्नो व्यानरमा दर्ता गरेका छन् ।

‘नेपाली फिल्म पाइरेसीदेखि कथा जुध्ने र सोही प्रकृतिका विषयवस्तु अन्य कम्पनी र फिल्मदेखि सामाजिक सञ्जालसम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरी अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरी प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका छौं’, निताले भनिन् ।

फिल्म साउनबाट फ्लोरमा जानेछ । फिल्मको छायांकार कविरलाल हुन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १७:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया