१६ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो । 

हाल सक्रिय संक्रमितको संख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । ४० जिल्लमा भने संक्रमित छन् । 

नेपालमा संक्रमण दर १७.१ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । 

आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेसनमा ११० जना रहेका छन् । 





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १७:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया