धादिङको थाक्रेमा ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनाबाट अटो चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार मध्याह्न पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना६ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको हो । 

धादिङकै निलकण्ठ नगरपालिका–५ का कमलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।दुर्घटना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

दुर्घटना गराउने चालक र चालक भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानीय अहिले प्रदर्शन गरिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १८:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया