बालेन-सुनिताले भेटे मन्त्री झाँक्रीलाई, काठमाडौंको फाेहाेर व्यवस्थापनबारे छलफल

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगाेलले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् । प्रमुख शाह र उपप्रमुख डंगोलले मन्त्री झाँक्रीलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा शनिबार दिउँसो भेट गरेका हुन् । 

तीनै जनाबीच शहरी विकास मन्त्रालयले निर्माण गरेकाे बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटमा काठमाडौं उपत्यकाको फाेहाेर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएकाे मन्त्री झाँक्रीको सचिवालय जनाएको छ । 

काठमाडौंको फाेहाेर व्यवस्थापन गर्ने विषयमा महानगर प्रमुख शाह र उपप्रमुख डंगोलकाे केही दिनयता सक्रियता बढेकाे छ । शुक्रबार शाह र डंगोल सिसडोल पुगेर फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गरेका थिए ।

प्रमुख शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउन कमिकल हाल्ने र तीन महिनासम्ममा फोहोरबाट मल तथा ग्यास बनाउने प्रतिबद्धता जनाएका थिए । स्थानीयले भने पहिला आफ्ना माग पूरा गर्नुपर्ने अडान लिएका थिए ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार २०:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया