पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई असार ९ बाट कोभिड–१९ विरुद्धको खोप

पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने भएको छ । आगामी साता २० लाख डोज खोप नेपाल आइपुग्ने र सो खोप असार ९ बाट वितरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुई चरणमा खोप अभियान सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लामा पहिलो मात्रा खोप असार ९ देखि १५ सम्म र दोस्रो मात्रा साउन २ देखि ८ सम्म लगाइनेछ । 

दोस्रो चरणमा बाँकी ५० जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी छ । 

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाउने तयारी छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार २१:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया