रूपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु

रूपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना हुँदा नौजनाको मृत्यु भएको हो ।   

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ३३ मध्ये नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस रूपन्देहीको रोहिणी  गाउँपालिका–४ र  ओमसतिया गाउँपालिका–४ को सीमामा रोहिणी नदीमा खसेको हो । 

घाइतेको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । प्रहरीका अनुसार उनीहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार ७:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया