१० महिनामा नेपाल भित्रियो ६४ अर्बको धान, चामल, मकै र गहुँ

नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ ।  

विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको छ । जबकी केही वर्षअघिसम्म नेपालले यी खाद्यन्न निर्यात गर्ने गथ्र्यो । 

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको धान, चामल, मकै र गहुँ आयात गरेको हो । 

सो अवधिमा विभिन्न देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चामल र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान भित्रिएको छ । 

सोही अवधिमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

नेपालले पछिल्लो दश महिनामा १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै, ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १५:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया