सरोज खनालको निर्देशनमा बगान बन्दै

वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा नेपाली चलचित्र बगान निर्माण हुने भएको छ । वरिष्ठ अभिनेता खनालको निर्देशनमा बन्न लागेको पहिलो फिल्मको नाम आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । 

साथै आज नै फिल्मको तिम्रो सुन्दर आँखा नामक गीत पनि सार्वजनिक भएको छ । अहिले छायांकन भइरहेको फिल्मलाई सुरेश वाग्लेको सहकार्यमा खनाल आफैँले निर्माण गरेका हुन् । 

कार्यक्रममा बोल्दै माइती नेपालकी संस्थापक अध्यक्ष एवं समाजसेवी अनुराधा कोइरालाले बालिका र महिला हकहितको बारेमा फिल्म बन्न लागेको अनुभुति भएको बताइन् । फिल्ममा वरिष्ठ कलाकारहरु रहेकोले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको उनको भनाइ छ  । 

त्यस्तै अभिनेता, निर्देशक तथा निर्माता दिनेश डिसी दाहालले फिल्मको टिजरमा वास्तविक हुनुपर्ने कुरालाई देखाइएको बताए । उनले नेपाली फिल्महरूले टिजरमा अब के हुन्छ भन्ने कौतुहलता नउतारेको बेला यो फिल्मले उतारेको भन्दै प्रशंसा गरे । 

त्यस्तै, नायक आकाश श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको बताए । त्यस्तै, नव नायिका प्रमिला कार्कीले यो फिल्म आफ्नो डेब्यु भएको र वरिष्ठ कलाकारहरूसँग अभिनय गर्न पाएकोमा खुशी व्यक्त गरिन् । 

फिल्मका नवनिर्देशक एवं वरिष्ठ अभिनेता सरोज खनालले सुरुवातमा अभिनय गर्दा नर्भस भए जति नै फिल्म निर्देशनमा पाइला चाल्दा भइरहेको बताए । उनले आफूले फिल्ममा काम गर्दा सिकेका अनुभवलाई फिल्ममा नयाँ ढंगबाट निर्देशन गर्ने बताए ।



फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीको मुख्य अभिनय रहनेछ । फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । 

गौरीशंकर धुजूको छायांकन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् । 



  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार २०:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया