साहित्य संगमले गर्‍यो हेटौंडामा चार स्रष्टालाई सम्मान

साहित्य संगम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ ।

गोपालप्रसाद रिमालको स्मृतिमा रिमालेको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मानित गरेको हो ।

सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ । रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । 

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ बाट साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई सम्मानित गरिएको छ । उनलाई सम्मनपत्रका साथ १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।

यस्तै, हास्यव्याङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवी स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ बाट क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिएको छ ।

पौडेलले सासू-आमाको नाममा स्थापना गरेको सम्मानसहित जनही १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित कवि श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुन् ।





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार २१:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया