काठमाडौं उपत्यकामा एकैदिन १८१७ सवारी चालकमाथि ट्राफिकको कारबाहीमा

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारीसाधन चलाउने १४८ जना, तीव्र गतीमा सवारीसाधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने २५ जना, रातो बत्तीको उल्लंघन गर्ने ४२ जना र क्षमताभन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारबाही गरिएको छ ।   





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ११:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया