नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज ३ हजार २४८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै आज ८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट आज कसैको पनि मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १०९ रहेको मन्त्रालय जनाएको छ ।
त्यस्तै, २४ घण्टाको अवधिमा एक लाख २७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।