प्रदीप शाहीकाे ‘अन्तिम संस्कार’ मा दिया पुन फाइनल

निर्देशक प्रदीप शाहीले नयाँ फिल्म ‘अन्तिम संस्कार’ निर्माण गर्ने भएका छन् । फिल्मका लागि उनले अभिनेत्री दीया पुनसँग लिखित सम्झौता गरेका छन् ।

विनोद सुवेदी खत्रीको निर्माण रहने फिल्ममा विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी, सुस्मिता गिरी, श्याम राईलगायतको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ ।

‘अन्तिम संस्कार’ अब केही समयपछि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सनको व्यानरमा सामाजिक कथामा फिल्म निर्माण हुन लागेको हो ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १७:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया