तेह्रथुम जिससमा गठबन्धनको प्यानलै विजयी

तेह्रथुमको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा (एमाले) लाई पराजित गर्दै सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । सोमबार भएको निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका हुन् । 

तेह्रथुममा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले वडातहदेखि जिल्ला समन्वय समितिको निर्वाचनसम्म चुनावी तालमेल गरेका थिए । जिसस प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (एस) का गुमानसिंह ईस्वो निर्वाचित भए । उपप्रमुखमा नेपाली कांग्रेसका श्री कार्की निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यमा कांग्रेसका तीन र माओवादी केन्द्रका चा जना निर्वाचित भएका छन् । सदस्यहरूमा शान्ता तामाङ, कल्पना विक, डिकबहादुर विक, हर्कप्रसाद लिम्बू, फूर्वा शेर्पा, दिलप्रसाद लिम्बू र निस्मा मगर निर्वाचित भएका हुन् । 

०७४  को निर्वाचनमा एमाले जिल्ला समन्वय समितिको एकल नेतृत्व गरेपनि यसपटक गठबन्धनका कारण पराजित भयो । ३० वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा ६ स्थानीय तह रहेको तेह्रथुममा एमालेले तीन पालिका प्रमुख र दुई पालिकामा उपप्रमुखमा जितेको थियो । 

कांग्रेसले तीन प्रमुख, तीन उपप्रमुख र माओवादी केन्द्रले एउटा स्थानीय तहको उपप्रमुखमा जितेका छन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ११:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया