१ साउनदेखि अनिवार्य इम्बाेस्ड नम्बर प्लेट जडानको निर्णयबाट ब्याक भयो विभाग

यातायात व्यवस्था विभाग १ साउनबाटै सडकमा गुड्ने सवारी साधनामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट 'ब्याक' भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै १ साउनबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो ।

विभागले उक्त सूचना सरकारले २०७८ कात्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको पूरक सूचना भएको बताएको छ । ​अहिलकै गतिमा नम्बर प्लेट जडान हुँदा ४० दिनको अवधिमा सम्झौताबमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुन सक्नेमा पनि विभाग प्रष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

'२०७८ जेठ २० गतेको विभागको सूचना मिति २०७८ कात्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र हो । यो सूचनामार्फत २०७९ श्रावण १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आसय विभागको अलिकति पनि होइन । विभाग यस विषयdf प्रष्ट छ कि दिइएको ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधनमा त परै जावस् अहिलकै गतिमा नम्बर प्लेट जडान हुन हो भने सम्झौताबमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुन सक्ने देखिन्छ,' विज्ञप्तिमा भनिएको छ ।
 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १६:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया