कर्णालीको नीति तथा कार्यक्रम : पुरानै कार्यक्रमलाई निरन्तरता (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७९/०८० का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभामा निति तथा कार्याक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख परियारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले अघिल्ला वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिएको जनाइएको छ ।

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको, मुख्यमन्त्री दलित आयआर्जन प्रवर्द्धन कार्यक्रम, कृषि प्राविधिक स्वरोजगार कार्यक्रम, जडिबुटी विकास कार्यक्रमलगायतका कार्यक्रमहरुलाई सरकारले निरन्तरता दिएको छ ।

यसैगरी विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्ने जनाइएको छ । 

साथै स्याउ तथा ओखरको प्रवद्र्धन तथा विकासको लागि ‘बगैंचा एक स्वामित्व अनेक’ भन्ने मुल नाराका साथ सम्पुर्ण कृषकलाई कलष्टरमा एकीकृत गरी स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने प्रदेश प्रमुख परियारले जानकारी दिए ।

 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १७:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया