कर्णालीमा यातायात र सडक निर्माणमा साझेदारी कार्यक्रम

कर्णाली प्रदेशमा यातायात सेवा तथा सडक निर्माणमा लागत साझेदारी कार्यक्रम लागू गरिने भएको छ । 

आगामी आर्थिक वर्ष ०७९–०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले लागत साझेदारीमा यातायात सेवा सञ्चालन तथा सडक निर्माण कार्यक्रमको सुरुवात गरिने बताए ।
 
उनले भने ‘कर्णाली प्रदेशमा सार्वजनिक यातायातलाई सर्वसुलभ र सहज बनाउन सार्वजनिक–सहकारी साझेदारीमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।’ 

यसका साथै सडक निर्माणमा नागरिकको बढ्दो मागलाई सम्बोधन गर्न सहरी क्षेत्रका सडक पूर्वाधार विकास तथा विस्तारको लागि लाभग्राहीको सहलगानीमा सडक निर्माण कार्यको सुरुवात गरिने प्रदेश प्रमुख परियारले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १८:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया