कर्णालीमा हवाई उडान मापदण्ड बनाइने

कर्णालीमा आन्तरिक हवाई उडानका लागि मापदण्ड बनाइने भएको छ । हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका हवाई उडान संख्याका आधारमा निश्चित मापदण्ड बनाउने भएको हो ।

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभामा प्रस्तुत गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कर्णालीमा हवाई उडान संख्याका आधारमा मापदण्ड निर्माण गरिने बताएका छन् ।

उनले भने, ‘प्रदेशभित्रको हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थलमा हुने हवाई उडान संख्याका आधारमा मापदण्ड बनाइ हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गरिनेछ ।’ 

यसका साथै सुर्खेत विमानस्थलको सेवा सुविधा वृद्धि गर्दै गुणस्तरीय बनाइने उनले बताए । संघीय सरकारद्वारा सुर्खेतस्थित भेरीगंगा नगरपालिकाको रामघाटमा निर्माण गरिने प्रादेशिक विमानस्थलको निर्माणमा संघीय सरकारसँग आवश्यक समन्वय समेत गरिने प्रदेश प्रमुख परियारले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १९:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया