पारदर्शी ढंगले काम गर्न आफ्ना जनप्रतिनिधिलाई जिल्ला सभापति लामाको निर्देशन

नेपाली कांग्रेस मकवानपुरले आफ्ना जनप्रतिनिधिलाई जनभावनाअनुसार पारदर्शी ढंगले काम गर्नका लागि निर्देशन दिएको छ । आज पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यस्तो निर्देशन दिएका हुन् । 

जिल्लाको विकास, शान्ति सुव्यवस्था र जनताका असीम इच्छा आकांक्षा एवं चाहनालाई पूरा गर्न तथा लोकतान्त्रिक मूल्यमान्यता, कानुनबमोजिम विधिको शासन, न्याय, स्वतन्त्रता, समानताको लागिपरी दिन–रात नभनी अनुशासित र मर्यादित ढंगबाट काम गर्न उनले जनप्रतिनिधिहरूले निर्देशन दिए ।

नेपालको राजनीतिको कठिन कालखण्डमा नेपाली जनताको मनोभावनाको कदर गर्दै अघि बढेको कांग्रेस राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको प्रमुख हिस्सेदार रहेको बताउँदै उनले नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको समेत बताए ।

उनले भनेका छन्, ‘राष्ट्र, जनता, संविधान, विधिको शासन, र लोकतन्त्रको रक्षाको खातिर र स्थानीय सरकारलाई बलियो बनाउनका लागि जनप्रतिनिधिमार्फत शासन गर्न स्थानीय निर्वाचन २०७९ लाई सफल पार्न यहाँहरुको निरन्तर सहयोग, सहभागिता र समर्थन भई नेपाली कांग्रेस मकवानपुरलाई जिल्लाको ठूलो र शक्तिशाली पार्टी बनाउन लाग्नुहुने सम्पूर्ण मतदाता जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

लोकतन्त्रमा जनमत सर्वोपरि हुने र कुनै पनि राजनीति दल एवं व्यक्तिले पाएको मत निश्चित अवधिका लागि मात्र भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘जनताले आफ्नो अभिमत जाएर गरेर जुनसुकै तहको सरकार निर्माण गरे सँगसँगै त्यहाँ प्रतिपक्षको पनि निर्माण भएको हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष हो ।’ 

स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते दोस्रो पटक निर्वाचन सम्पन्न भए पश्चात नेपाली कांग्रेस मकवानपुर जिल्लाको प्रमुख पार्टी भएको लामाले बताए ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार २०:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया