विन्ध्यबासनी हाइड्रोको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

विन्ध्यबासनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकोे आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री खुला भएकामा कुल निष्काशन गरिने सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाइका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपिओ २० जेठदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आइपिओमा मेरो सेयरको मोबाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिन्छ । 

नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पुँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापकतर्फबाट चुक्ता भएको पुँजी ७५ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ९.६८ रुपैयाँ छ । कम्पनीले कास्कीमा ८.८ मेगावाट क्षमताको रुदि खोला ‘ए’  जलविद्युत आयोजना र ६.६ मेगावाट क्षमताको रुदी खोला बी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।



दि खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला ‘बी’  जलविद्युत आयोजनाको निर्माण लागत १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ । 



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ९:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया