आइपिओ निस्कासनको तयारीमा सगरमाथा जलविद्युत् कम्पनी

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आइपिओ निस्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत् आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत् कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आइपिओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको कूल पुँजी १ अर्ब १२ करोड छ । जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कूल ५४ लाख ८८ हजार कित्ता आइपिओ खुला गर्ने तयारी गरेको हो ।

आइपिओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १०:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया