गोकुल बाँस्कोटाको प्रस्ताव : सञ्चार मन्त्रालयको खर्च कटाएर एक रुपैयाँ कायम गरौं

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेस गर्ने भएका छन् । पूर्व सञ्चारमन्त्रीसमेत रहेका एमाले सांसद बाँस्कोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा खर्च कटौती गरी एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद बास्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्न लागेका हुन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ११:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया