इम्बोस्ड नम्बर ठेक्काबारे छानबिन गर्न माग गर्दै युवा संघको टोली अख्तियारमा [फोटोफिचर]

राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै टंगालस्थित अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालयमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । युवा संघमा आवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन? लगायतका प्रश्न सोधेको छ ।   

इम्बोस्ड नम्बर ठेक्काबारे छानबिन गर्न युवा संघको टोली अख्तियारमा, हेरौं तस्बिर :



 



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १४:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया