नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको दुई हजार १२१ पीसीआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल नेपालमा १०९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।