ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका– ७ घर भएका २६ वर्षका प्रेम घिसिङ रहेका छन् । घिसिङले चलाएको को ५ प २३३० नम्बरको मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्‍कर बुधबार एकआपसमा ठोकिएका थिए ।

ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए । उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । दुर्घटनामा घिसिङकी श्रीमती कञ्‍चन मगर गम्भीर घाइते भएकी छन् । उनको पनि आइसीयूमा राखेर बिएण्डसीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 
 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १०:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया